लोकतान्त्रिक तमु राष्ट्रिय सम्मेलन पोखरामा

पोखरा ।
नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २४ र २५ गते पोखरामा हुने भएको छ । नेकपा एमालेको भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको महत्वपूर्ण घटक लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
बैठकमा नेपाल लोकतान्त्रिक तमु संघका संस्थापक अध्यक्ष एवं नेकपा एमालेका स्थायी समिति सदस्य किरण गुरुङले राजनीतिक चेतना र नेतृत्व विना तमु लगायत समुदायले अगाडि लम्कन नसक्ने बताए । मुलुकलाई जिम्मेवार ढंगले अग्रगति एवं समृद्धिका लागि एमालेलाई सशक्त बनाउन लोकतान्त्रिक तमु संघ सशक्त हुनुपर्ने उनको भनाइ छ । नेता गुरुङले आगामी कार्यदिशाका बारेमा मार्गनिर्देशनसमेत गरे ।
बैठकले राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल बनाउन प्रदेश, जिल्लागत सांगठनिक एवम प्रतिनिधि चयनका साथै आर्थिक दायित्वका बारेमा जिम्मेवारी तोकेको छ । सम्मेलनमा करिब ७ सय प्रतिनिधि सहभागी हुने छन् । त्यसरी नै सम्मेलनमा राजनीतिक एवं सांगठनिक प्रतिवेदन तयारीका लागि संयोजक वेदबहादुर गुरुङ र संशोधित बिधान तयारीका लागि महासचिव हुमबहादुर गुरुङलाई जिम्मेवारी तोकिएको छ ।
बैठक सञ्चालनअघि आयोजक समिति गठन कार्यक्रममा अनुपस्थित रहेका एवं छुटेका आयोजक समिति सदस्यलाई संयोजक वेदबहादुर गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया