सामुदायिक प्रहरी सेवाले तीजगीत प्रतियोगिता गर्ने

पोखरा ।
हरितालिका तीजको पर्वको अवसरमा सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले खुला तीज गीत तथा अन्तर सामुदायिक सेवा केन्द्र स्तरीय भलिबल प्रतियोगिता गर्न लागेको छ । पोखरा ९ शान्तिवनमा प्रतियोगिता हुने कार्यवहाक अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
भलिबल यही भदौको १२ र १३ गते र तीज गीत प्रतियोगिता भदौ १४ गते तय छ । तीज गीततर्फ प्रथम, द्वितीय, तृतीय हुने समूहलाई क्रमशः २५ हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक विष्णुमाया सुवेदीले बताइन् । सान्त्वना र उत्कृष्ट भेषभूषातर्फ जनही ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । तीजगीततर्फ सहमागीले दर्ता शुल्क १ हजार तिर्नुपर्ने छ ।
सबै सहभागीले लागुऔषध नियन्त्रण, मानव बेचविखन तथा सामाजिक अपराध न्यूनीकरण, ट्राफिक नियम, बाल विवाह रोकथाम र प्राकृतिक विपद्सम्बन्धी गीत गाउनुपर्ने व्यवस्था गरिएको छ ।








एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया