लायन्स ग्यालेक्सीको आरोग्य आश्रममा दर कार्यक्रम

पोखरा ।
लायन्स क्लव आफ पोखरा ग्यालेक्सीले पोखराको टुटुंगामा रहेको पोखरा आरोग्य आश्रममा आश्रित कुष्ट प्रभावित व्यक्तिहरुलाई तीजको दर खुवाउने कार्यक्रम गरेको छ । आफूभन्दा कम सेवा सुविधा प्राप्त वर्गलाई केही सेवा गरौं भन्ने उद्देश्यले उक्त दर खुवाउने कार्यक्रम गरेको क्लवका पूर्व अध्यक्ष होम विलास सापकोटाले जानकारी दिए ।
क्लवका अध्यक्ष सुवास आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा डिस्ट्रिक्ट ३२५ के अन्तर्गत जोन ३६ की चियरपर्सन रेविका श्रेष्ठ, आश्रमका निवर्तमान अध्यक्ष नारायण शर्मा, कार्यालय प्रमुख टेकमान प्रधानांगको उपस्थिति थियो । क्लवका द्वितीय उपाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा लागेको खर्च क्लवका सदस्यहरुले सामुहिकरुपमा व्यहोरेका हुन् ।
आश्रममा अहिले १३ जना कुष्ट प्रभावित व्यक्तिहरु आश्रित रहेको कार्यालय प्रमुख प्रधानांगले जानकारी दिए ।
तपाईको प्रतिक्रिया