लेखनाथमा भोली तायाःमचा नृत्य

लेखानाथ ।
नेवारी समुदायको भाषा र सस्कृतीको रक्षा गर्ने उदेस्यले हरेक वर्ष नेवा खाल लेखनाथले गर्दै आएको तायाः मचा नृत्य प्रतियोगिताको पाचौं सस्करण भोली भदौ १० गते शुक्रबार गरिने भएको छ । लेखनाथमा रहेका विभिन्न आठ वटा नेवारी समुदायहरुले पालै पालो तायाःमचा नृत्य प्रतियोगिता गर्दै आएकोमा यस पटक पोखरा २६ र २७ को अर्घौ पौवा नेवाःखलले पाचौं सस्करणको प्रतियोगिता गर्न लागेको समाजका अध्यक्ष प्रकाशलाल श्रेष्ठले जानकारी दिएका छन् ।
पोखरा २६ को अर्घौचोकमा हुने प्रतियोगितालाई ब्यवस्थीत वनाउन विभिन्न उप समिति गठन गरि तयारीलाई अगाडी वढाईएको छ भने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । तायाः मचा नृत्य प्रतियोगितामा सात टिमले नाम दर्ता गराईसकेका छन् । उत्त अवसरमा महिला पुरुषको नाखे नाच,कुमारी नाच,देवि नाच,घोडा नाच र साथमा रोपाई नृत्य पनि अप्रतियोगीका रुपमा समावेस गरिने भएको छ ।
परम्परा देखि चल्दै आएकोे नेवारी भाषा,कला,संस्कृती,साहित्य र भेषभुषाको संरक्षण गर्दै युवा पुस्तालाई आफनो संस्कृतीका बारेमा जानकारी दिन सजिलो हुने गरि राखिएको प्रतियोगितमा प्रथम हुने समुहलाई तीस हजार,द्धितियलाई २५ हजार,तृतियलाई २० हजार र साथमा उत्कृष्ट जोकर र परिलाई दुई /दुई हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता संचालनका लागि करिव आठ लाख खर्च लाग्ने र यसको आर्थीक ब्यवस्थापन विभिन्न संघ सस्था र उद्योग ब्यवसायिहरुबाट सहयोगको अपेक्ष्या गरिएको समाजका सचिव बालगोलप श्रेष्ठले जानकारी गराएका थिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया