पर्यटन परिषदमा श्रेष्ठ र शर्माकाे उम्मेदवारी
समाधान संवाददाता
२०७९ भदौ ९ गते १२:४४

पोखरा ।
पोखराका पर्यटन सम्बद्ध संस्थाहरुको छाता संगठन पोखरा पर्यटन परिषद्को १२ औं अधिवेशन बिहीबार हुँदै छ । बिहीबार हुने अधिवेशनमा अध्यक्ष पदमा २ जनाको उम्मेदवारी परेको छ । अहिलेका महासचिव रामचन्द्र शर्मा र उपाध्यक्ष पोमनारायण श्रेष्ठको अध्यक्षमा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
६ सदस्य रहने परिषद्मा कृष्णप्रसाद काफ्ले, तारानाथ पहारी, कृष्ण भण्डारी, जीवनराज सापकोटा, बबरजंग गुरुङ र निमबहादुर मगर निर्विरोध भएका छन् । सदस्यका सबै निर्विरोध भए पनि बिहीबारमात्रै औपचारिक घोषणा हुनेछ । बिहीबार अध्यक्षमा निर्वाचन हुने तालिका तय छ ।
सम्बन्धित








बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
फोहोर व्यवस्थापन र वातावरण जोगाउन पोखराका सबै वडामा नाटक
पूर्वमन्त्री कुमार खड्का, एमाले नेता पुष्प अधिकारी र व्यवसायी मीलन थापा रास्वपामा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया