गण्डकी ट्रक व्यवसायी संघमा सुरेन्द्र

पोखरा ।
गण्डकी ट्रक यातायात व्यवसायी संघको ४५ औं वार्षिक साभारण सभा तथा २१ औ अधिवशनले आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट अध्यक्ष सुरेन्द्र त्रिपाठीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको संघको प्रधान कार्यालयका कार्यालय प्रमुख नारायण आचार्यले जानकारी दिए ।
संघको वरिष्ठ उपाध्यक्ष कल्याण तिमिल्सिना, प्रथम उपाध्यक्ष ईश्वरकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष नेत्रबहादुर खत्री (राजन) निर्विरोध भएका छन् । संघको महासचिव रुद्रबहादुर कार्की, सचिव चोमराज थापा, कोषाध्यक्ष एकेन्द्र कुँवर र सहकोषाध्यक्ष गंगाकुमारी खनाल निर्वाचित भएका छन् । संघको कार्यसमितिको सदस्यमा प्रकाश गिरी, वीरेन्द्रराज काफ्ले, विष्णुप्रसाद पौडेल, लक्ष्मी श्रेष्ठ (ओस्ता) र शशिविक्रम राणा सर्वसम्मत भएको कार्यालय प्रमुख आचार्यले बताए ।
संघको बिहीबार भएको निर्वाचन कार्यक्रममा महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा निर्वाचन भएको थियो । अध्यक्ष लगायत अरु सबै पद निर्विरोध भएको थियो । नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हीरालाल श्रेष्ठले अधिवेशनको उद्घाटन गरेको साधारण सभाले महासचिव होमबहादुर कार्कीले पेस गरेको आर्थिक वर्ष २०७८/०७९ प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष अनिलविक्रम खाँणले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०७९ /०८०का प्रस्तावित आयव्यय विवरण सुधार सहित पारित गरेको छ ।








कालिका बहुमुखी क्याम्पस ३५ वर्षमा
आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया