शुभकामना आमा समुहको अध्यक्षमा कोकीला

समाधान संवाददाता २०७९ भदौ १० गते १५:२७

पोखरा
शुभकामना आमा समुह पोखरा १७ को २० औं साधारण सभा एवम १० अधिवेशनले कोकीला श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । दुई बर्षे कार्यकाल रहेको समितिको उपाध्यक्षमा अञ्जु गुरुङ, सचिवमा मिना द्धारे खाँण, सहसचिवमा सिर्जना खनाल, कोषाध्यक्षमा गंगा कुँवर सर्वसम्मत निर्वाचित भएका हुन् ।

Advertisement

समितिको सदस्यहरुमा मिठु द्धारे खाँण, टिकादेवी पौडेल सुवेदी, प्रमिलाकुमारी शर्मा, लेस्ली ठुसाजु, शारदा थापा, निरमाया क्षेत्री, मिनाकुमारी गुरुङ, कमला सुनार रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले उद्घाटन गर्दै आमा समुहको माध्येमवाट महिलाहरु नेतृत्व विकास गर्दै उत्पादनसँग जोडिनु पर्नेमा जोड दिइन् ।

घरघरमा उत्पादन हुने फोहोरलाई वर्गिकरण गरेर जैविक मल उत्पादन गरि मोहरमा परिणत गर्नुपर्ने बताउँदै उनले यसमा आमाहरुको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे । महिलाहरुको महान पर्व हरितालिका तीजको आवसरमा आमाहरुले शुभकामना आदान प्रदान गर्दै सामूहिक दर समेत खाएको उक्त कार्यक्रमा समुहमा आवद्ध एक दर्जन जेष्ठनागरिकलाई सम्मानपत्र र खाँदाले सम्मान गरिएको थियो ।

Advertisement

समुहकी कोषाध्यक्ष मिना द्धारे खाँणले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा समुहका संस्थापक अध्यक्ष सिद्धिकुमारी गुरुङले समुहको सहयोगार्थ पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए । समुहकी अध्यक्ष हिरादेवी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा म्यूजियम मार्ग टोलसुधार समितिका अध्यक्ष हरि बास्तोला, समाजसेवी विष्णुबहादुर द्धारे खाँण, लिलामहादुर जिसी, नारायण श्रेष्ठ, हिमालय बोर्डिङका प्रिन्सिपल डा. टेकनारायण पौडेल, समुहका पूर्व अध्यक्ष पार्वती खड्का, विचित्रा भुजेल, सचिव रञ्जिता सुवेदी लगायतले आमा समुहको महत्व र समाजमा पुर्‍याउँदै आयोएको योगदानका बारेमा चर्चा गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया