टुँडिखेलमा तीजको रौनक

पोखरा ।
नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना भएको पोखरा १ स्थित पुरानो टुँडिखेलमा तीज मेला २०७९ जारी छ । शुक्रबारदेखि सुरु मेला १६ भदौसम्म सञ्चालन हुनेछ । नेपाली कला, संस्कृति संरक्षण गर्ने उद्देश्यले इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एन्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा मेला भएको हो ।
मेलामा आइतबार आमा समूह स्तरीय मौलिक तीजगीत प्रतियोगिता, खुला तीज गृहिणी नृत्य प्रतियोगिता, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय छेलो लगायतका स्पर्धा हुने आयोजक केन्द्रका भानुभक्त अधिकारीले बताए ।
मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ता कपडा लगायतका विभिन्न स्टलसँगै रेस्टुरेन्ट र बाल उद्यानसमेत छ । दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारले दर्शकलाई मनोरञ्जन दिइरहेका छन् ।
शनिबार कृष्ण अखेली, अमर धिताल, सुनिता नेपाली, निशा पोखरेल लगायतका कालाकारले प्रस्तुति राखे । शनिबार ५ हजार हाराहारीले मेला अवलोकलन गरेको केन्द्रका कार्यसमिति सदस्य दुर्गादत्त भुगाईले बाए । आइतबार रामजी खाँड, कृष्ण अखेली, मञ्जु विक, रामजी पौडेल, बिन्द्रा परियार लगायतका कलाकारले दर्शकलाई मनोरञ्जन दिने छन् ।








बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
फोहोर व्यवस्थापन र वातावरण जोगाउन पोखराका सबै वडामा नाटक
पूर्वमन्त्री कुमार खड्का, एमाले नेता पुष्प अधिकारी र व्यवसायी मीलन थापा रास्वपामा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया