रोट्रयाक्ट क्लबको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम

समाधान संवाददाता २०७९ भदौ १२ गते १६:४७

पोखरा ।
रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले शनिबार निशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श कार्यक्रम गरेको छ । पश्चिमाञ्चल डाइनोष्टिक एण्ड रिसर्च सेन्टर प्रालिको सहकार्यमा कुशे औंसि (बुबाको मख हेर्ने दिन ) र हरितालिका तिजको अवसर पारेर ‘अभिभावकका लागी हामीः अभिभावकको निशुल्क स्वास्थ्य परिक्षण’ नारासहित कार्यक्रमको आयोजना भएको हो ।

Advertisement

क्लबका सदस्यका मातापिताको साथै जोन १६/१७ का रोट्रयाक्टरको माता पिताको निशुल्क परिक्षण एवम स्वास्थ्य परामर्श दिइएको पश्चिमाञ्चल डाइनोष्टिक सेन्टरका अध्यक्ष पुरुषोतम सुवेदीले बताए । क्लबको अभिभावकका लागी यस्तो शुभ दिनमा कार्यक्रमको प्रस्ताव आएकाले आफु एकदम प्रसन्न भएर सहकार्य गर्न अघि सरेको उनले भने ।

कार्यक्रममा स्वास्थ्य परिक्षण गरी डा नवराज बास्ताकोटीसँग परामर्श समेत गरिएको थियो । क्लबका अध्यक्ष डिम्पल क्षेत्रीले आफ्नो क्लबमा सबै महिलामात्रै सदस्य रहेको र आज भोली सम्पूर्ण चाडपर्वहरु भड्किलो र देखावटी हुन थालेकाले परिवर्तन महिलाबाटै गर्न सम्भव रहेकाले बुबाको मुख हेर्ने दिन र हरितालिका तिज केहि फरक हिसाबले गर्न सकिन्छ भन्ने ठानेर अभिभावकको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको बताइन् ।

कार्यक्रममा कुल ६० जनाको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक अक्ष थापा मगरले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया