साप्ताहिक कार्यक्रम गर्दै जेसिज
पोखरा ।
पोखरा जेसीज रानीपौवाले भदौ १७ देखि २३ गतेसम्म साप्ताहिक कार्यक्रम आयोजना गर्ने भएको छ । पोखराभित्र र बाहिर विभिन्न ठाउँमा कार्यक्रम सञ्चालन गरिने सप्ताह आयोजक समितिका मूल संयोजक कुशल पौडेलले जानकारी दिए ।
युवालाई व्यक्तित्व र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउन र सामाजिक उत्तरदायित्व वहन गर्न सिकाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको संयोजक पौडेलले बताए । ‘पोखरा सहित रुपा र अन्नपूर्ण गाउँपालिकाका जनसमुदाय लगायत विद्यार्थी, उद्यमी व्यवसायी, कृषक र युवाप्रति लक्ष्य गरी जेसीज साप्ताहिक कार्यक्रम गर्दैर्छाैं,’ उनले भने ।
पोखरा जेसीजले १८ देखि ४० वर्षसम्मका युवालाई लक्ष्य गरी वर्षेनी जेसीज साप्ताहिक कार्यक्रम गर्दै आएको छ । कार्यतालिका अनुसार १७ गते पोखरा जेसीजको सचिवालयमा रतmदान, १८ गते अन्नपूर्ण गाउँपालिका ४ मा निशुल्क स्वास्थ्य शिविर, १९ गते फेवा आधारभूत विद्यालय पोखरा २३ मा खेलकुद तथा शैक्षिक सामग्री वितरण, २० गते पोखरा १८ मा सरसफाइ तथा वृक्षरोपण, २१ गते रुपा गाउँपालिकामा कृषि सचेतना तथा माटो परीक्षण, २२ गते पोखरा जेसीज सचिवालयमा ११ र १२ तथा स्नातकतहका विद्यार्थी लक्षित साइबर सुरक्षा सम्बन्धी सचेतना र २३ गते गण्डकी युवा वक्ता कार्यक्रम हुनेछ ।








बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
फोहोर व्यवस्थापन र वातावरण जोगाउन पोखराका सबै वडामा नाटक
पूर्वमन्त्री कुमार खड्का, एमाले नेता पुष्प अधिकारी र व्यवसायी मीलन थापा रास्वपामा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया