मनिपालमा पहिलोपटक तीज मनाइयो

पोखरा ।
मनिपाल कालेज अफ मेडिकल साइन्सेज तथा शिक्षण अस्पातलको २८ वर्षे इतिहासमा पहिलो पटक महिला तीजमा औपचारिक कार्यक्रम गरेको छ । मनिपाल अस्पताल बतास अर्गानाइजेसन अन्तर्गतको बापौ होल्डिङ्सलेसम्हालेपछि यो कार्यक्रम भएको हो ।
यहाँ करिब ४ सय महिला कर्मचारी छन् । सो अवसरमा भएको नृत्य प्रतियोगितामा अस्पताल तथा कलेजका बिभिन्न बिभागबाट ७ समूह सहभागी थिए । सर्जिकल वार्डका मनशुभा गुरुङ र निशिका थापा विजेता रएमर्जेन्सी वार्डका अञ्जु नेपाली, मीना विक, शिला खत्री, सीमा लामा, अर्पणा राजबंशी र निकिता श्रेष्ठ उपविजेता बने ।
परम्परागत भेषभूषा प्रतियोगितामा प्राइभेट वार्डकी सेलिना मोक्तान विजेता र फार्मेसीकी सीता मगर उपविजेता बने । विजयी प्रतियोगीलाई मञ्जु गोख्लेले पुरस्कार वितरण गरिन् ।
कार्यक्रममा विष्णुमाया गुरुङ र सोनी ढेवाजुको समूहले स्वागत नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा गंगा पोखरेल रसुनिता बरालले पनि बोलेका थिए ।








बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
फोहोर व्यवस्थापन र वातावरण जोगाउन पोखराका सबै वडामा नाटक
पूर्वमन्त्री कुमार खड्का, एमाले नेता पुष्प अधिकारी र व्यवसायी मीलन थापा रास्वपामा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया