युवा संघ पोखरा २०को भेला

पोखरा .
राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगरपालिका वडा नम्बर २० भलाम मौजा कास्कीको भेला सोमबार भएको छ ।
भेलाले अध्यक्ष विष्णुप्रसाद बास्तोलाको नेतृत्वमा बढीमा ५२ सदस्यीय बनाउने गरी वडा कमिटी गठन गरेको राष्ट्रिय युवा संघ नेपाल प्रदेश सभा २ (ख)का संयोजक तथा जिल्ला कमिटी कास्की सचिवालय सदस्य गणेश पौडेलले जानकारी दिए । युवा संघ वडा कमिटी पोखरा २० का उपाध्यक्ष शिव पौडेल, सचिव सन्तोष अधिकारी, सहसचिवमा सूर्य सुवेदी र लक्ष्मी बाँस्तोला र कोषाध्यक्ष ध्रुव भण्डारी छन् ।
प्रदेश संयोजक पौडेलले मौजा र भलामको भूगोललाई समेटेर कमिटी विस्तार गर्ने योजना सुनाए । राष्ट्रिय युवा संघ नेपाल कास्की अध्यक्ष पानबहादुर क्षत्रीले केन्द्रको निर्देशन अनुसार भदौ महिना भित्रमा वडाहुँदै सबै पालिकाको अधिवेशन गर्ने जानकारी दिए । उनले कात्तिक १० गतेभित्र जिल्ला कमिटी कास्कीको अधिवेशन गर्ने बताए ।
युवा भेलामा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सदस्यहरु भीमप्रसाद बास्तोला र मनभुजा विक, पोखरा महानगरपालिका वडा नम्बर २०का अध्यक्ष गंगाबहादुर केसी, नेकपा (एमाले) पोखरा २०का अध्यक्ष त्रिलोचन गौतम लगायतले युवाको राजनीतिमा सहभागिताका बारेमा बोलेका थिए ।








वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया