शिक्षाको गन्तव्य अलमलमा

पोखरा ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसीई) कास्कीको चौथो अधिवेशन तथा छैटांै वार्षिक साधारण सभा बुधबार भएको छ । अभियानको अधिवेशनसँगै स्थानीय सरकार र शिक्षामा लगानी विषयमा खुल्ला अन्तक्र्रिया समेत गरिएको छ ।
अधिवेशनबाट संयोजक शिवराज शर्मा सुवेदीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । अभियानको सचिव शारदा शर्मा, कोषाध्यक्ष सरस्वती परियार छन् । कार्यसमितिको सदस्यमा विदुर कोइराला, रमेश पाण्डे, शिव खकुरेल, दयाराम गौतम, बिजुलीबहादुर गुरुङ र प्रकाश गिरी रहेको संयोजक शर्माले जानकारी दिए ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले अधिवेशनको उद्घाटन गर्दै शैक्षिक गुणस्तर कायम गर्नको लागि शिक्षा क्षेत्रमा भएको राजनीतिक हस्तक्षेप कम गर्नु पर्ने बताए । राजनीतिक हस्तक्षेप रोक्नुपर्ने मुद्दा बलपूर्वक उठेको चर्चा गर्दै उनले राम्रा शिक्षकलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्डित गर्न नसकेको उल्लेख गरे । उनले सार्वजनिक विद्यालयहरुले अझैपनि विश्वास आर्जन गर्न नसकेको बताए ।
शिक्षाविद् डा विश्वकल्याण पराजुलीले नेपालको शिक्षाको लक्ष्य र गन्तव्य अलमलमा रहेको बताए । शिक्षाको नीति निर्माताका छोरा छोरी शिक्षा लिन विदेश गएको उल्लेख गर्दै उनले शिक्षाको गन्तव्य निर्धारण गर्न ठोस ढंगले काम गर्नु पर्ने चर्चा गरे । ‘शिक्षामा लगानी भौतिक पूर्वाधारलाई मात्र ठानिन्छ । पूर्वाधारभन्दा दक्ष जनशक्ति महत्वपूर्ण कुरा हो,’उनले भने, ‘दक्ष जनशक्तिको विकास गर्न नसेको शिक्षाको लगानी बालुवामा पानी जस्तै हुन्छ ।’ उनले सामुदायिक विद्यालयमा प्राविधिक जनशक्ति नहँुदा मल्टिमिडिया प्रोजेक्टर, कम्प्युटर चलाउने मान्छे नभएर त्यसै थन्किएको बताए ।
उनले प्रदेशलाई प्राविधिक शिक्षामात्र नभएर कक्षा ११ र १२सम्मको शिक्षाको नियमन गर्न दिए शिक्षालाई व्यवस्थित गर्न सकिने उल्लेख गरे । नेपालको शिक्षा प्रतिस्पर्धात्मक तथा शिक्षा प्रणाली बिग्रिनसकेको दाबी गर्दै उनले शिक्षा प्रणालीको जग बलियो भएको कारण अझै पनि सुधार गर्न सकिने तर्क गरे ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले शिक्षालाई साझा अधिकारको सूचीमा राख्दा एकपछि अर्को द्विविधा थपिएको उल्लेख गरे । प्राविधिक शिक्षाको जिम्मा प्रदेश सरकारलाई दिएको उल्लेख गर्दै उनले कक्षा ९देखि १२सम्ममा पनि प्राविधिक शिक्षा भएको जानकारी दिए । उनले महानगरले कक्षा ७सम्मको स्थानीय पाठ्यक्रम बनाएर सबै विद्यालयमा लागु गरेको बताए । उनले घरमा मोबाइल र ल्यापटप चलाएको विद्यार्थीले कक्षा कोठामा आउँदा त्यो सुविधा नपाउने जानकारी दिए । आधारभूत तहमा ६५ प्रतिशत शिक्षक महिला रहेको जानकारी दिदै उनले ती शिक्षक सुत्केरी हँुदा वर्ष दिनमा ४ महिना कक्षा बन्द हुुने आंकलन गरेर सुत्केरी सट्टा शिक्षकको व्यवस्था गरेको बताए ।
कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी दयाराम गौतम, इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय सदस्य गिरीधारी सुवेदी, अभियान नेपाल कास्कीकासंस्थापक अध्यक्ष रामचन्द्र पौडेल, अभियान नेपाल कास्कीका सचिव विदुर कोइराला, कोषाध्यक्ष रमेश पाण्डे, नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेल, नेपाल शिक्षक संघ पोखरा महानगर समितिका सचिव पुरुषोत्तम सापकोटा लगायतले सार्वजनिक शिक्षालाई अनिवार्य र गुणस्तरीय बनाउन पर्नेमा जोड दिए ।









विदेशबाट फर्केर च्यांग्रापालन
स्याङ्जामा अभिभावक शिक्षा
कविता गाउँमा विनोदको सम्झना
भेनेजुएलाको दुर्लभ खनिजमा अमेरिकी आँखा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया