कागबेनीमा सफाइ

जोमसोम ।
सशस्त्र प्रहरी बल ३३ नम्बर गुल्म र कागबेनी प्रहरी चौकीले कागबेनी श्राद्धस्थलमा बुधबार सरसफाइ गरेका छन् । सशस्त्र प्रहरीका १५ जना र कागबेनी प्रहरी चौकीका ७ गरी २२ जनाको टोलीले कागबेनी श्राद्ध स्थल सफाइ गरेको हो ।
साउन १३ गते राति मुक्तिनाथबाट आएको बाढीले कागबेनी श्राद्ध स्थलमा आंशिक क्षति पुर्याएको थियो । श्राद्ध स्थलमा बाढी पसेर भक्तजनले श्राद्ध गर्ने ठाउँमा ग्रेगान र वालुवा थुप्रिएको थियो । जोमसोमबाट सशस्त्र प्रहरी नायब निरीक्षक प्रेमबहादुर चुडारी क्षेत्रीको नेतृत्वमा गएको सशस्त्र प्रहरी टोली र कागबेनी प्रहरी चौकीका सुरक्षाकर्मीले कागबेनी श्राद्ध स्थलको बृहत सरसफाइ गरेको कागबेनी धर्मशालाका पुजारी प्रताप आचार्यले जानकारी दिए ।
‘साउनको बाढीले श्राद्धस्थल र आसपासमा वालुवा र ग्रेग्रान थुप्रिएको थियो, फोहोर पनि छरपस्ट थियो,’ पुजारी आचार्यले भने, ‘अब भक्तजनलाई श्राद्ध गर्न अप्ठ्यारो पर्दैन ।’ मुस्ताङको प्रसिद्ध धार्मिक श्राद्ध स्थल कागबेनीमा पितृको नाममा श्राद्ध गर्न र पिण्डदान गर्न उल्लेख्य भक्तजन आउने गर्छन् । कागबेनीमा पितृको नाममा श्राद्ध गरी मुक्तिनाथको दर्शन गर्नाले मोक्ष प्राप्त हुने विश्वास गरिन्छ ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया