५० युनिट रगत संकलन

पोखरा
पोखरा जेसीज रानीपौवाले वार्षिक कार्ययोजना २०२२ अनुसार शुक्रबार आयोजना गरेको कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष मीनराज खड्काले समाजका सदस्य लगायत युवाको हितका लागि काम गर्दै आएको पोखरा जेसीजले रक्तदान कार्यक्रम आयोजना गरी मानवीय सेवा गरेको बताए । पोखरा महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले पहिलो रक्तदाता संस्थाका पूर्वअध्यक्ष नारायण शर्मालाई ब्लड ब्याग हस्तानान्तरण गरे । उनले संस्थाले समाजमा पुण्य कमाउने र मानव जीवनमा हित हुने उल्लेख गरे ।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीले रक्तदान नै जीवनदान भएको उल्लेख गरे । रक्तदान कार्यक्रममा प्राविधिक सहयोगी यमुना केसी, हेमन्त गुरुङ थिए । त्यस अवसरमा पोखरा लेडी जेसीज लक्ष्मी अधिकारी सशस्त्र प्रहरी उपरीक्षक विजयकुमार केसीले आफ्नो धारणा राखेका थिए । संस्थाको आस्था जेसीज सुदीप सापकोटाले वाचन गरेका थिए ।
कार्यक्रमको मूल प्रायोजन कृषि विकास बैंक र कुमारी बैंक थिए । सर्वोत्तम स्टील, मयूर बहुउद्देश्यीय सहकारी संस्था, सुन्दर सोफा एन्ड फर्निचर उद्योग, बृज सिमेन्ट, सर्वोत्तम स्टील, होटल देउराली, आवर सुइट होम ट्रेडर्सले पनि कार्यक्रमलाई सहयोग गरेका थिए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मीनराज खड्काले गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका महासचिव प्रकास घिमीरेले गरेका थिए ।









चुनावले एसइई प्रभावित : प्रश्नपत्र छाप्न ढिलाइ हुँदा परीक्षा सर्ने निश्चित
राष्ट्रियसभा निर्वाचन : १८ सिटका लागि आज उम्मेदवारी दर्ता
पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया