कास्की २ मा कांग्रेसका १० आकांक्षी

पोखरा ।
आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभामा कांगे्रसबाट चुनाव लड्न इच्छा व्यक्त गरेकाको नाम सार्वजनिक भएको छ । कास्की २ मा प्रत्यक्षतर्फ चुनाव लड्न कांग्रेसबाट १० जनाले आंकाक्षा व्यक्त गरेको कास्की (क) प्रदेश सभा क्षेत्रीय सभापति दिनेश आचार्यले जानकारी दिए ।
कास्की २ बाट प्रतिनिधिसभातर्फ चुनाव लड्न कांग्रेसबाट देवराज चालिसे, ऋषि काफ्ले, वीरेन्द्रनारायण बिजुक्छे, वृन्दादेवी आले राना, गुरुप्रसाद बराल, खेमकुमारी बराल, सिरोजविजय कोइराला, विश्वशंकर पालिखे, वर्षाकेशव पराजुली र देवराज गुरुङले नाम दर्ता गराएका हुन् ।
समानुपातिकतर्फ सोभियतबहादुर अधिकारी, किरण केसी, डा रामचन्द्र पोखरेल, निर्मलप्रसाद कर्माचार्य, शकुन्तला कोइराला, ज्योति कोइराला, हारुन खान, तीर्थकुमारी गुरुङ, राजेन्द्रनिधि कोइराला, भुवनसिंह गुरुङ, विष्णु सिग्देल, रामचन्द्र शर्मा र माइकल कर्माचार्यले आकांक्षा व्यक्त गरेको आचार्यले बताए ।








चुनावले एसइई प्रभावित : प्रश्नपत्र छाप्न ढिलाइ हुँदा परीक्षा सर्ने निश्चित
राष्ट्रियसभा निर्वाचन : १८ सिटका लागि आज उम्मेदवारी दर्ता
पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया