भूपू सैनिकलाई सामाजिक कार्यमा जोडिन आग्रह

लेखनाथ ।
संयुक्त गोर्खा भूपू सैनिक क्लबको १३ औं वार्षिक साधारणसभा शुक्रबार भएको छ । सभामा पोखरा २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले सेनाबाट निवृत भइसकेका भूपूहरुले समाजको रुपान्तरणका लागि विभिन्न सामाजिक कार्यमा सक्रियता जनाउनुपर्ने बताए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, रोयल सहकारी भण्डारढिक शाखाका प्रमुख उमानाथ आचार्य, एसबिआइ भण्डारढिक शाखाका प्रमुख राजेश आचार्य, दीपशिखा वाचनालयका अध्यक्ष कृष्णहरि भण्डारी, तमु धीं लेखनाथ उपाध्यक्ष चिनबहादुर गुरुङ, भण्डारढिक टोल विकास संस्थाका अध्यक्ष अरुण गुरुङ, गोर्खा भूपू सैनिक क्लबका सचिव सुबेदार मेघबहादुर गुरुङ, कार्यसमिति सदस्य उदयबहादुर बस्नेत लगायतले बोलेका थिए ।
सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिव सुबेदार मेघबहादुर गुरुङ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष यमबहादुर गुरुङले पेश गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको थियो ।








एमालेद्वारा गण्डकीको कमान्ड खगराज अधिकारीलाई, अरु प्रदेशमा कसको जिम्मेवारी ?
रवि लामिछाने रिहाइले ल्याएका तरंगहरु !
अविरल विस्तार हुँदै एआई
भजन चुड्का प्रतिष्ठानमा कृष्ण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया