अन्नपूर्ण गाँउपालिकामा जेसीजको स्वास्थ्य शिविर

समाधान संवाददाता २०७९ भदौ १९ गते १६:३५

पोखरा ।
पोखरा जेसीजले अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ मा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । रिजनल हस्पिटल प्रालिको सहकार्यमा शिविर सञ्चालन भएको हो । जेसिजका महासचिव प्रकाश घिमिरेका अनुसार शिविरमा वडा नम्बर ४ र ५ का लगभग ४५० जनाको सहभागी थियो । उनीहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको उनले जानकारी दिए ।

Advertisement


अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले निशुल्क स्वास्थ्य जाँच तथा औषधि उपलब्ध गराएकोमा संस्थालाई धन्यवाद दिए । आर्थिक अभावका कारण स्वास्थ्य उपचार गराउन नसकेका जनसमुदायलाई कार्यक्रमले धेरै सहयोग पुगेको उनको भनाई थियो । पालिकावासीको स्वास्थ्य विमा गर्दा लाग्ने खर्चको ५० प्रतिशत पालिकाले व्यहोर्ने योजना रहेको समेत उनले उदघोष गरे ।


कुनै पनि विरामीले पैसाकै कारण अकालमा ज्यान गुमाउन नपरोस् भनेर स्वास्थ्य शिविर आयोजना गरिएको जेसीजका निर्वतमान अध्यक्ष किरण केसीको भनाई छ । ‘हाम्रो सानो सहयोगले आवश्यकता भएको व्यक्तिलाई थोरै भए पनि सहयोग पुग्नेछ,’ उनले भने ।


निशुल्क स्वास्थ्य जाँच तथा औषधि पाउँदा स्थानीय खुसि देखिन्थे । आवश्यक परेको बेला आफ्नै ठाउँबाट सेवा प्राप्त भएको भन्दै संस्थालाई धन्यवाद प्रकट गरे । शिविरमा साना बालबच्चा देखि १०२ वर्ष सम्मका वृद्धा सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया