अधिकतम उद्योगी व्यवसायीको समर्थन पवन प्रजापति समूहलाई

पोखरा।
उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्ने प्रतिबद्धतासहित उनीहरुको घरदैलोमा पुगिरहेको पवनकुमार प्रजापति सहितको टोलीलाई मतदाताहरुको अधिकतम समर्थन मिलेको छ ।
मतदाता उद्योगी व्यवसायीहरुले आफ्नो नेतृत्वको समूहलाई अत्याधिक विश्वास गरेको अध्यक्ष प्रत्यासी प्रजापतिको दाबी छ । आईतबार घरदैलोको क्रममा प्रजापति र उनको समूह प्रस्यांंग, जिरोकिलोमिटर, मालेपाटन, मासबार, रत्नचोक, राष्ट्रबैंकचोक, मुस्तांगचोक लगाएतका स्थानमा पुगेर उद्योगी व्यवसायीहरुलाई भेटेर आफ्नो पक्षमा मत मागेका थिए ।
संघमा क्रमैसँग आएको नेतृत्व र परिस्कृत सोँचसहितको नयाँ पुस्ताका सदस्य पदाधिकारीहरुको उत्कृष्ट समूह भएकोले उद्योगी व्यवसायीहरुले आफ्नो समूहलाई बढि रुचाएको प्रजापतिको दाबी छ ।
’हामी जहाँ पनि गैरहेका छौँ, त्यहाँ व्यवसायीहरुबाट एकदमै राम्रो प्रतिकृया पाईरहेका छौँ ।’ अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिले भने, ‘उद्योगी व्यवसायीहरुबाट पाएको माया र सद्घावले हामीलाई अझै बढि जिम्मेवारी बोध गराएको छ ।’ प्रजापतिले संघको जीवन्तता र उद्योगी व्यवसायीहरुको अभियन्ता बन्ने नारासहित आफूहरु चुनावी मैदानमा होमिएको बताए । हालसम्म करिब ८० प्रतिशत उद्योगी व्यवसायीको घरदैलोमा पुगेर आफ्नो समूहले मत मागिसकेको प्रजापतिले भने ।
प्रजापति समूहले संघमा आबद्ध उद्योगी व्यवसायीहरुको समस्या हल गर्ने र उद्योग वाणिज्य संघको आर्थिक स्रोत बढाउने कार्ययोजनालाई प्राथमिकतामा राखेर आफ्नो पक्षमा मत मागिरहेको छ । समावेशी कार्यसमिति निर्माण गरेको दाबी गर्ने यो समूहले उद्योग वाणिज्य संघमा निर्वाचित भएर आएसँगै उद्योगी व्यवसायीले तत्काल महशुस गर्ने गरि काम गर्ने प्रतिबद्धता जनाएको छ । प्रजापति समूहले विभिन्न १७ बुंदे घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरुलाई अक्षरश पुरा गर्ने वचन समेत घरदैलोको क्रममा दिएको छ ।
पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा प्रजापति समूहबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् ।
सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया