अनमोल सहकारीमा खेमराज

पोखरा ।
पोखरा १७ छोरेपाटनमा अवस्थित अनमोल बचत तथा ऋण सहकारीको शनिबार भएको ११ औं साधारणसभा तथा पाँचौ अधिवेशनले खेमराज बरालको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । समिति उपाध्यक्षमा टीकाराम बराल, सचिव एकनारायण भण्डारी, कोषाध्यक्ष विष्णु तिमिल्सिना, सहसचिव सावित्रा पौडेल र सहकोषाध्याक्षमा सीता ढकाल छन् । सदस्यमा पुष्पा कार्की, थमकुमारी गुरुङ, सुभास अधिकारी, चतुर्भुज पहारी र रमेश कोइराला छन् ।
माधव भट्टराईको संयोजकत्वमा मधु पौडेल र लक्ष्मी पोखरेल सदस्य रहेको लेखा तथा सुपरिवेक्षण समिति बनेको छ । कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले सहकारीले तल्लो वर्गलाई उत्पादनमा जोड्न सके देशमा समृद्धि हासिल गर्न सकिने बताइन् ।
कार्यक्रममा कास्की बचत तथा ऋण संघ कास्कीका कार्यबाहक सचिव मिना रानाभाट, संस्थापक अध्यक्ष धर्मदत्त तिमिल्सिना, सल्लाहकार प्रवीण पौडेल, शीतल बचत ऋण सहकारीका अध्यक्ष ईश्वरी लम्साल, नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाका सभापति झपिन्द्रराज रेग्मी, छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्मा, सेयर सदस्य टीकाराम पोख्रेल, उपाध्यक्ष खेमराज बराल, सचिव एकनारायण भण्डारी लगायतले बोलेका थिए । महिला परिचालन उपसमिति संयोजक साबित्रा पौडेलले कविता सुनाएकी थिइन् ।
सभाले अध्यक्ष बद्रिनाथ पहारीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष माधव भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समिति संयोजक छविलाल पनेरुले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा ७० ज्येष्ठ सदस्यहरु श्यामलाल बराल, शोभाखर ढकाल र बलबहादुर रानाभाट, विद्यार्थीहरु सन्देश बराल र आइस्ता लामिछाने, कानुनी सल्लाहकार महेन्द्रप्रसाद तिमिल्सिना, उत्कृष्ट कारोबार कर्ता विष्णुमाया आले, उत्कृष्ट बचतकर्ताहरु रेशमरमण सुवेदी र यमकुमारी रानालाई सम्मान गरिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष बद्रिनाथ पहारीको अध्यक्षतामा भएको थियो ।









एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया