विभूति पार्कमा जेसीजले गर्‍यो वृक्षरोपण

समाधान संवाददाता २०७९ भदौ २१ गते १५:२१

पोखरा ।
पोखरा जेसीजले पोखरा महानगरपालिका १८ स्थित राष्ट्रिय विभूति तथा सहिद पार्क जामूनबोटमा वृक्षरोपण गरेको छ । जेसीजको वार्षिक कार्ययोजना अन्तर्गत जेसीज सप्ताह २०२२ का अवसरमा वृक्षारोपण तथा विरुवा गोडमेल गरिएको जेसीजले जनाएको छ ।

Advertisement


पोखरा वडा नं. १८ का अध्यक्ष शिव तिमिल्सिनाको उपस्थितिमा नवराज पौडेलको संयोजनमा वृक्षरोपण गरिएको जनाइएको छ । जेसीजका अध्यक्ष मिनराज खड्का, मूल कार्यक्रम संयोजक कुशल पौडेल लगायतले राष्ट्रिय विभूति तथा सहिद पार्क व्यवस्थापन समितिका उपाध्यक्ष भरत थापालाई विरुवा र डस्टविन हस्तानान्तरण गरेका हुन् ।


वडाध्यक्ष तिमिल्सिनाले वृक्षारोपणपछि बोल्दै पोखरा जेसीजले सामाजिक कार्यहरुमा निरन्तर क्रियाशील रहेकोमा धन्यवाद दिए । संयोजक पौडेलले हराभर पोखरा बनाउने उद्देश्यका साथ वृक्षरोपण थालिएको बताए ।


पार्क व्यवास्थापन समितिका उपाध्यक्ष भरत थापाले पार्कमा पानी र शौचालयको समस्या रहेको भन्दै सरोकारवालाको ध्यान जानुपर्ने बताए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मिनराज खड्काले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका महासचिव प्रकास घिमिरेले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया