पल शाहलाई बलात्कार मुद्दामा सफाई, बालयौन दुरुपयोगमा साढे २ वर्ष जेल सजाय
समाधान संवाददाता
२०७९ भदौ २१ गते १९:४६

पोखरा ।
नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् ।
बलात्कारको मुद्दाबाट सफाई पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ ।
साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
सम्बन्धित








पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया