पोखरा १४ मा ९१ घरधुरीलाई निस्सा वितरण

समाधान संवाददाता २०७९ भदौ २१ गते २०:३९

पोखरा ।
पोखरा महानगरपालिका वडा वडा नम्बर १४ मा ९१ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेल र वडाध्यक्ष बोधराज कार्कीले उनीहरूलाई निस्सा वितरण गरेका हुन् । निस्सा वितरण गर्दै प्रमुख आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको निस्सा लालपुर्जा पाउनु अगाडीको लालपुर्जा नै भएको बताए । ‘यो सरकारी छाप लगाएको लालपुर्जा पाउनु अगाडीको लालपुर्जा नै हो, उनले भने, यो कागज नपाउनेले लालपुर्जा पाउदैन्, लालपुर्जा पाउनका निस्सा महत्वपूर्ण छ ।’ उनले यसलाई लालपुर्जा जत्ति कै महत्वका साथ हेर्न अनुरोध गरे ।

Advertisement


वडाध्यक्ष कार्कीले आफूहरु निर्वाचित भएर आएपछि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले पक्षमा गरिरहेको बताए । ‘हामीहरु ६ महिनामा गर्ने भनेको थियौं । तर, हामीहरुले १ सय दिनमा लालपुर्जा वितरण गर्न सुरु गरेका छौं,’ उनले भने, ‘मेरो कार्यकालयमा अब वडामा कोही पनि भूमिहिन हुनुपर्दैन ।’


सरकारले तोकेको समय सीमा भित्र सूचीकृत हुन नआएका र पछि दाबी विरोधको प्रक्रियामा झुटो ठहरिएका निवेदन उपर आवश्यक कारबाही मेयर आचार्यले बताए । राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले कतिपयले यो निस्सा केही होइन भनेर भ्रम छर्न खोजेको भन्दै यसको महत्त्व माथि खेलबाड नगर्न सुझाए । ‘निस्साको महत्वपूर्ण भूमिका रहने भएकाले यसलाई गर्वका साथ सुरक्षित राख्न राख्नुहोला यो लालपुर्जा पाउन महत्वपूर्ण छ । निस्सा भनेको तपाँईहरुले लगत फर्म भरेको प्रमाण हो । त्यति मात्र होइन यही निस्साको आधारमा तपाईँको जग्गाको रातो पुर्जा पाउनुहुन्छ ।’

तपाईको प्रतिक्रिया