पोखरामा खेलकुद पत्रकारिता तालिम हुने

पोखरा ।
पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डककीको आयोजनामा हुने तालिम असोज ४ र ५ गते हुने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई लक्षित गरेर तालिम हुन लागेको हो ।
तालिममा राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी लगायतका विभिन्न संघ संस्थाको सहयोग रहने अध्यक्ष बरालको भनाई छ । तालिममा गण्डकी प्रदेशका कास्की सहित ११ जिल्लाकै खेलपत्रकारहरुको सहभागीता रहने उपाध्यक्ष सुरज श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अध्यक्ष बरालकै संयोजकत्वमा तालिम सम्पन्न हुनेछ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गतेसम्म हुँदैछ । सोही प्रतियोगितामा समावेश गरिएका ३६ खेलहरुको समाचार लेखनमा सहज पुर्याउने उद्धेश्यले तालिम आयोजना हुन लागेको मञ्चले जनाएको छ ।








पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया