लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा हुने

पोखरा ।
नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २८ र २९ गते पोखरामा हुने भएको छ । राष्ट्रिय सम्मेलन आयोजक समितिले पोखरामा शनिबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । संघ नेकपा (एमाले) को जनसंगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अन्तर्गतको एक महत्वपूर्ण घटक हो ।
सम्मेलन सफल पार्न गत साउन १४ गतेको भेलाले वेदबहादुर गुरुङ (श्याम)को संयोजकत्वमा १४१ सदस्यीय सम्मेलन आयोजक समिति, पोखरा गठन गरेको छ । संयोजक गुरुङका अनुसार सम्मेलन सम्पन्नार्थ १२ वटा उपसमिति बनेका छन् । ‘तमु जाति, भाषा र संस्कृतिः हाम्रो पहिचान, राष्ट्रको सम्पति’ नाराका साथ दुई दिन पोखरामा हुने दोस्रो राष्ट्रिय सम्मेलनको पहिलो दिन भदौ २८ गते बिहान ११ बजे मानवअधिकारचोक चिप्लेढुंगाबाट मौलिक भेषभुषा, झाँकीसहित बृहत् र्यालीसहित पोखरा सभागृहमा पुगी समुदघाटन समारोहमा परिणत हुने कार्यक्रम छ ।
सम्मेलनको पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन एवम् सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा लामो समय तमु समुदायका लागि योगदान पुर्याएकोमा तमु अगुवा कर्म तमु, गोर्खा आन्दोलनको जिउँदो इतिहास पदमबहादुर गुरुङ, पोखराका पूर्व उपमेयर क्या.मानबहादुर गुरुङलाई सम्मान गरिने कार्यक्रम छ । तमु समुदायको आदिकवि स्व. हर्कबहादुर गुरुङलाई तमु भाषा, साहित्य र जनचेतना अभिवृद्धिमा योगदान वापत मृत्यु पर्यन्त सम्मान गरिने संयोजक गुरुङले जानकारी दिए ।
सम्मेलनमा ५० जिल्ला र १६ वटा तमु संघ संस्थाबाट ६५० प्रतिनिधिहरुको सहभागिता रहनेछ । सम्मेलन सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ । दोस्रो सम्मेलन पनि पोखरामै हुन लागेको हो । यसअघि, २०६३ असार २४ गते पोखरामा आयोजित ऐतिहासिक प्रथम राष्ट्रिय भेलाले तमु (गुरुङ) हरुको सशक्त, जुझारू संगठनको आवश्यकता महसुस गरी नेपाल लोकतान्त्रिक तमु संघको २०६३ मंसिर २७ र २८ गते पोखरामा प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनले किरण गुरुङको अध्यक्षतामा केन्द्रीय समिति गठन गरी ४० वटा जिल्लाहरुमा जिल्ला समिति गठन गरी क्रियाशील रहँदै आएको छ ।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया