श्रीभण्डार सहकारीको २१ औ साधारण सभा

लेखनाथ ।
पशुपालनको क्षेत्रबाट अगाडी बढेको पोखरा २९ को श्रीभण्डार पट्नेरी बहुउदेस्यीय सहकारी संस्थाले सनिवार आफनो २१ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
प्रारम्भिक चरणमा किसानहरुले उत्पादन गरेको दुधलाई बजारीकरण गर्न सजिलो होस भनि संगठित रुपमा सहकारीको अवधारणा अनुसार स्थापना भएको सहकारीले पछिल्लो समय पाँच सय ५४ जना सेयर सदस्यहरु मार्फत दुई करोड ४९ लाख ३९ हजार दुई सय सेयर पुँजी बनाउन सफल भएको छ ।
यसैबिच सस्थाको २१ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले सहकारीका सात शिध्यान्त भित्रको सामाजिक उत्तरदाईत्वलाई मनन गरि स्थानिय तहको विकास निर्माणमा सहकारी जोडिनु पर्ने सुझाव राखेका थिए ।
सस्थाका अध्यक्ष पदम प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष माधव भण्डारी,राष्ट्रिय सहकारी बैकका प्रतिनिधी रोसन खतिवडा, दिपसिखा महिला कृषि सहकारीकी निर्वतमान अध्यक्ष गोमा देवि आचार्य, सेयर सदस्य वावुराम सुवेदी र रक्षा भण्डारीले सहकारीका राम्रा कामको प्रचार प्रसार र नराम्रा काममा सेयर सदस्यले खवदारी गर्नु पर्नेमा जोड दिएका थिए ।
सस्थाकी सचिव सपना न्यौपानेले संचालन गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामप्रसाद आचार्यले प्रस्तुत गरेका थिए भने उपाध्यक्ष एक नारायण अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।









कालिका बहुमुखी क्याम्पस ३५ वर्षमा
आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया