पोखरामा १ लाख नगद सहित ८ जना जुवाडे पक्राउ

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेको ८ जुवाडेलाई जिल्ला प्रहरी कार्याल कास्कीले पक्राउ गरेको छ ।
शनिबार बेलुका तास खेलिरहेका जुवाडेलाई रामबजारबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ७ हजार २ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनीहरु साथबाट प्रहरीले २११ पत्ती तास नियन्त्रण लिएको छ । हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तिवारीले जानकारी दिए ।
पक्राउ पर्नेमा पोखरा १३ मियापाटन बस्ने ४४ बर्षीय सूर्यकुमारी गुरुङ, पोखरा ११ रानीपौवा बस्ने ३८ बस्ने ललितकुमार बस्नेत, सोही ठाउँमा बस्ने ३५ वर्षीय रुपक बस्नेत, बागलुङ जैमिनी हाल पोखरा ११ फुलबारी बस्ने ४० वर्षीय दीपक खड्का, पोखरा ७ बस्ने ३१ वर्षीय सूर्य थापा, धादिङ घर भई पोखरा ११ बस्ने ३७ वर्षीय रमेश ठकुरी, पोखरा १३ बस्ने ४० वर्षीय आश गुरुङ र लमजुङ राइनास घर भई पोखरा १० बस्ने ४४ वर्षीइ कमला गुरुङ पक्राउ परेका हुन् ।








गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया