खेलकुद पत्रकारिता तालिमलाई पोखरा महागरले सहयोग गर्ने

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्र्दभमा असोज पहिलो साता पोखरामा हुने प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिमलाई पोखरा महानगरपालिकाले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टोलीसँग आइतबार भएको भेटघाट कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले सहयोग गर्ने बताएका छन् ।
पोखरामा हुने उक्त प्रतियोगितालाई सफल पार्न महानगरले हरेक हिसाबले सहयोग गर्ने बताउँदै मेयर आचार्यले मञ्चले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहयोग गर्दै आएको उल्लेख गरे । पोखरा महानगरले पोखरा स्पोटर्स अवार्ड देखि विभिन्न कार्यक्रममा सहकार्य गर्दै आएकोमा महानगरलाई धन्यवाद दिदै मञ्चका अध्यक्ष दीननाथ बरालले खेल पत्रकारहरुको लागि क्षमता अभिबृद्धि गर्न तालिम आयोजना गर्न लागेको बताए ।
टोलीमा मञ्चका अध्यक्ष बरालको साथमा सल्लाहकार एकराज गिरी, रन्जन अधिकारी, सदस्य राजु गिरी, गणेश बराल लगायतको सहभागिता थियो । टोलीले पोखरा महानगरको उपप्रमुख मञ्जुदेवी गुरुङलाई पनि भेटेको थियो । राष्ट्रिय खेलकुद परिषद, गण्डकी खेलकुद परिषद लगायतका विभिन्न संघ संस्थाको सहयोगमा मञ्चले उक्त तालिम असोजको ४ र ५ गते पोखरामा गर्ने तयारी गरेको छ ।








एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया