पोखरामा भीगन महोत्सव हुने

पोखरा ।
पोखरामा हिमालयन भीगन महोत्सव हुने भएको छ । असोज २ देखि ४ गतेसम्म पोखराको होटल ग्राण्डमा महोत्सव आयोजना गर्न लागिएको आयोजक वल्र्ड भीगन अर्गनाइजेसन नेपालले जनाएको छ । महोत्सव पोखरासहित काठमाडौं र लुम्बिनीमा समेत आयोजना गरिने छ । दक्षिण एसियामै पहिलो पटक भिगनिज्मबारे महोत्सव राखिएको आयोजकको दाबी छ ।
वल्र्ड भीगन अर्गनाइजेसन नेपालका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले भीगन खाना र भीगन जीवनशैलीको प्रचारका लागि महोत्सव आयोजना गरिएको बताए । ‘भिगनिज्मको अवधारणालाई नेपालमा अपनाउन सके नेपाल भीगन व्यक्तिहरुको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ,’ उनले भने, ‘कार्यक्रमले पोखराको पर्यटनमा पनि सहयोग गर्छ, १५० बढी पर्यटक महोत्सवमा आउनुहुन्छ ।’
महोत्सवमा १ सय बढी अन्तर्राष्ट्रिय वक्ताहरुले बोल्ने बताइएको छ । महोत्सवमा ७५ बढी सूचनामूलक प्रदर्शनी, भीगन च्यालेन्ज, भीगन खाना बनाउने कार्यशाला, राष्ट्रिय अन्तर्राष्ट्रिय सेफद्वारा पाक शिक्षा प्रदर्शनी, चलचित्र प्रदर्शनी, जनावर अधिकार सम्बन्धी शिक्षा, भीगन लघु चलचित्र प्रतियोगिता समेत राखिने बताइएको छ ।
भिगनिज्मले विश्वमा बढ्दो तापक्रम रोक्न सहयोग गर्ने जीवनशैली भएको कार्यक्रमको प्रमुख अतिथी संस्थाका उपाध्यक्ष विष्णु न्यौपानेले बताए । कार्यक्रममा स्वागत मन्तव्य ऋषि सापकोटाले गरेका थिए भने गण्डकी बोर्डिङका शिक्षक लक्ष्मीनारायण ढकालले भिगनिज्मको बारेमा बोलेका थिए । कार्यक्रमको सञ्चालन उमेश पराजुलीले गरेका थिए ।









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया