जाइका प्रमुख र मेयर आचार्यबीच भेटवार्ता

पोखरा ।
जापानी सहयोग नियोग (जाइका) का प्रमुख ओकुबो अकिमित्सु सहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित महानगरको प्रतिनिधि मण्डलसँग भेटघाट गरेको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटघाटमा जाइकाद्वारा सञ्चालित खानेपानी आयोजनाको हालसम्मको प्रगति र समस्याहरूको बारेमा छलफल भएको छ ।
पोखराको खानेपानी व्यवस्थापनका लागि लाइन विस्तारको काम गरिरहेको जाइकाले करिब ८८ प्रतिशत काम सम्पन्न गरेको बताएको छ । सडक विभाग अन्तर्गतका सहरी सडकमा लाइन विस्तार र प्रस्याङ–सिद्धार्थचोक खण्डमा केही प्राविधिक समस्या देखिएकाले सो समस्या समाधानका लागि सरोकारवालासँग आवश्यक समन्वय गरिदिन ओकोबु नेतृत्वको टोलीले महानगरका प्रमुख आचार्यलाई आग्रह गरेको छ ।
जवाफमा प्रमुख आचार्यले ती समस्या समाधानका लागि सडक विभाग, खानेपानी संस्थान लगायतका सरोकारवालाहरुसँग यथाशीघ्र समन्वय गरी छलफलको वातावरण तयार गर्ने बताए । खानेपानीको लाइन विस्तारका क्रममा देखिएका बाधा अड्चन समाधान गरी पोखरेलीहरूलाई शुद्ध खानेपानी वितरण गर्ने कार्यमा महानगरपालिका प्रतिबद्ध रहेको बताए ।
भेटघाटमा जाइकाका प्रमुख ओकुबो अकिमित्सु सहित कातो कुमिको, सुगियामा शिगेरु र इन्जिनियर हरि तिमिल्सिनाको उपस्थिति थियो भने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रशासकीय प्रमुख वीरेन्द्रदेव भारती र इन्जिनियर राजु रेग्मीको सहभागिता थियो ।









तमु सांस्कृतिक प्रतिष्ठानको पुनर्मिलन
पासपोर्ट अब २ दिनभित्रै पाइने
खरानीबाट ब्यूँतियो गण्डकी प्रदेशसभा
सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया