कास्की माओवादीले पठायो ४५ जना आकांक्षीको नाम

पोखरा ।
पोखरा । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) ले कास्कीबाट सम्भावित उम्मेदवारको सूची पठाएको छ । प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचिनमा प्रत्यक्ष र समानुपातिक गरेर ४५ जनाको नाम सिफारिस गरेको जिल्ला पार्टी कमिटीले जनाएको छ ।
प्रतिनिधिसभाका लागि राजकाजी गुरुङ ‘करण’, योशादा सुवेदी गुरुङ, तेजकुमारी पौडेल र शिवजी लामिछानेको नाम सिफारिस भएको छ । करण यसअघि क्षेत्र नम्बर २ बाट प्रदेशसभा प्रतिस्पर्धा गरेका थिए । उनी कांग्रेसका विन्दुकुमारी थापासँग पराजित भएका थिए । प्रदेश सभा क्षेत्रनम्बर १ क मा सांसद दीपक कोइराला, विश्वप्रकाश लामिछाने, विमला पहारी, छवि लामिछाने र अमरदीप पराजुलीले नाम सिफारिस भएको छ । १(ख) मा गायत्री गुरुङ, शरदचन्द्र बराल, तोरण गुरुङ र सूर्यप्रकाश तिवारीको नाम सिफारिस भएको हो । दीपक कोइराला र गायत्री हाल गण्डकी प्रदेशसभा सदस्य हुन् ।
क्षेत्र नम्बर २ मा सुमन देवकोटा र गंगा पोखरेलको नाममात्रै भएको छ । पोखरेल भूमि आयोगको कास्की अध्यक्ष हुन् ।
प्रदेशसभा २ (क) मा जनकराज पराजुली र भक्तबहादुर खत्री सिफारिस भएका छन् । त्यस्तै २ (ख) मा विनय थापा, हरिनारायण गिरी, रुद्र विश्वकर्मा र रामजी आचार्यको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा रामजीप्रसाद बराल, दुर्गाकुमारी विक, नवराज भण्डारी र बलराम सुवेदीको नाम सिफारिस भएको छ । बराल हाल गण्डकी प्रदेशसभाको सांसद तथा अर्थमन्त्रीको भूमिकामा छन् ।
प्रदेशसभा ३ (क) बाट आशमान रोका, सिर्जना त्रिपाठी, भोजराज पौडेल, टंकप्रसाद अधिकारी र तीर्थ लुइँटेलको नाम भएको छ । त्यस्तै ३ (ख) बाट अग्नि कँडेल, दुर्गादत्त भण्डारी, त्रिभुवन पौडेल, हरिप्रसाद भण्डारी र गोविन्द्र अधिकारीलाई सिफारिस गरिएको हो ।
प्रतिनिधिसभाको समानुपातिक तर्फ सोमति गुरुङ, बखानसिंह तमु, राजकुमारी दुलाल, जुवेदा खातुन र अनिता भूर्तेल तथा प्रदेशमा अलिसा आले, जगमाया सुनार, गोमा ढकाल, विश्वेश्वर आचार्य र सन्तबहादुर भुजेलको नाम सिफारिस भएको छ ।









संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया