आज केपी ओली पोखरा आउँदै
समाधान संवाददाता
२०७९ भदौ २८ गते ९:५३

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली मंगलबार दिउँसो पोखरा आउने भएका छन् ।
नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनमा भाग लिन प्रमुख अतिथिका रुपमा ओली पोखरा आउने कार्यक्रम तय भएको संघका माहासचिव हुम गुरुङले जनाकारी दिए ।
‘तमु जाति भाषा र संस्कृति हाम्रो पहिचान राष्ट्रको सम्पति’ नाराका साथ हुन लागेको सम्मेलनमा भाग लिन ओली पोखरा सभागृहमा साढे १२ बजे उद्घाटन गर्न आइपुग्ने उनले बताए । कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ छन् ।
मेला मानवअधिकार चोकमा भोला भएर चिप्लेढुंगाहुँदै पोखरा सभागृह साढे १२ बजे पुग्ने कार्यक्रम छ ।
सम्बन्धित









संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया