अपांगता मैत्री समाज कास्कीमा फेरि सन्त

लेखनाथ ।
अपांगता मैत्री समाज कास्कीको अध्यक्षमा पुनः सन्त परियार चुनिएका छन् । समाजको बुधबार भएको छैटौं साधारण सभा तथा दोस्रो अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा परियारको नेतृत्वमा नयाँ समिति चुनेको हो ।
समितिको उपाध्यक्षमा सुशील गोदार, सचिव दण्डपाणि ढकाल, कोषाध्यक्ष कृष्ण भुजेल, सहसचिव सुरेश थारु, सदस्यमा रुपा तिवारी, चिजा गिरी, दुर्गा चापागाईं र अजय तामाङ छन् ।
कार्यक्रममा छत्रशक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम क्षेत्रीले चुनावका बेला विभिन्न राजनितिक दलले अपांगको हक हितका लागि विभिन्न आश्वासन बाँड्ने र पछि बिर्सने गरेको आरोप लगाए । उनले आफ्नो अधिकार प्राप्तिका लागि राजनीतिक तहमा नै आवाज उठाउनुपर्नेमा जोड दिए ।
नेपाल शिक्षक महासंघ गण्डकी सदस्य गंगाधर बरालले अपांगता भएकै कारणले कोही पनि बालबालिका शिक्षा प्राप्त गर्न पाउने अधिकारबाट बञ्चित हुन नहुने विचार राखे । पोखरा महानगरपालिका वडा नं. १४ की सदस्य दिलमाया गुरुङले अपांगता भएकाहरुलाई प्राथमिकता दिएर सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा नेत्रहीन संघ गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण सुवेदी, लक्ष्मी मावि अर्घौंका सहायक प्रधानाध्यापक विष्णु तिवारी, पोखरा महानगरपालिका वडा नं. २९ की अध्यक्ष सुकमाया सुनार, समाजसेवी पदम बस्ताकोटी, कार्यसमिति सदस्य सुशील गोदार, उपाध्यक्ष कृष्ण भुजेल लगायतले बोलेका थिए ।
समाजका अध्यक्ष सन्त परियारको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दण्डपाणि ढकालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कमल थापा र तिलमाया केसीले सांस्कृतिक प्रस्तुति राखेका थिए ।









पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया