कालिका मावि र सफा पोखरा हाम्रो अभियानको सरसफाई

पोखरा ।
पोखरा १० रामबजार कालिका मावि सरसफाई क्लव र सफा पोखरा हाम्रो अभियानले बुधबार सरसफाइ गरेको छ ।
वडा सदस्य सुनीमाया नेपाली, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष दीपकबहादुर थापा, सफा पोखरा हाम्रो अभियानका अध्यक्ष बासुदेव अधिकारीले सरसफाई कार्यक्रमका संयोजक समरबहादुर श्रेष्ठलाई सरसफाईका सामग्री हस्तान्तरण गरेका थिए ।
टोल विकास समिति, राम मन्दिर आमा समूह, रेडक्रस उपशाखा, रामबजार मगर संघ, कामना आमा समूह, भीमसेन टोल विकास समिति, जेष्ठ नागरिक मिलन केन्द्र, उत्तम मार्ग आमा समूहको नेतृत्वमा स्थानीयको सहभागितामा स्वच्छ, हराभरा पोखरा बनाउने उद्देश्यले सरसफाई अभियान सुरु गरिएको हो ।
हामीले आफ्नो टोल, बाटो, गल्ली, सडक सफा राखेमात्र हामी स्वच्छ रहन सक्छौं भन्ने कुरा वडाबासिले बुझ्न आवश्यक रहेको संयोजक श्रेष्ठले बताए । अभियानका अध्यक्ष अधिकारीले सहभागीहरुलाई धन्यवाद दिदैं पोखरालाई सफा, स्वच्छ, फोहोर मैला विहीन बनाई मानव जीवनलाई स्वस्थ र निरोगी बनाउने, अन्तराष्ट्रिय जगतमा पोखराको शिर उच्च राख्न सहयोग गर्ने उद्देश्यले अभियान सुरु गरिएको बताए । वडाबाट जनप्रतिनिधि सहभागिता गराउनु बाहेक अरु कुनै पनि सहयोग नपाइएको उनको भनाई थियो ।
वडा सदस्य नेपालीले संस्थाले राम्रो कामको थालनी गरेको प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा स्थानीय सरकारबाट साथ र सहयोग रहने बताइन् । स्थानिय चन्द्रा गर्बुजा र पुन माछापुच्छ्रे महिला समुहले ५/५ हजार संस्थालाई सहयोग गरेका थिए । कालिका पब्लिक कलेजका शिक्षिका सुनीता बस्नेतले १००० सहयोग गरेकी थिइन् ।
विद्यालय व्यावस्थापन समितिका अध्यक्ष थापाले आफ्नो ठाउँ सफा राख्न स्थानीय सरकारको मुख ताकिराख्नु नपर्ने बताए । आफ्नो ठाउँ आफै सफा गर्न सकिन्छ उनले भने । कार्यक्रममा २ जना विदेशी जर्मनी नागरिक समेत सहभागिता भएको प्रति खुशी व्यक्त गर्दै उनीहरुलाई धन्यवाद दिए ।
कार्यक्रमको अध्यक्षता वडा सदस्य नेपालीले गरेकी थिइन् भने । कार्यक्रम संञ्चालन विद्यालयका शिक्षक ज्ञानबहादुर थापाले गरेका थिए ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया