रुपाका शिक्षकलाई कम्प्युटर तालिम

पोखरा ।
असल छिमेकी सहयोग संघ (गोनेसा) पोखराले कास्कीको रुपा गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकलाई कम्प्युटर साक्षरता तालिम दिएको छ । सामुदायिक विकास परियोजना अन्तर्गत शिक्षकलाई प्रविधिमैत्री बनाउने उद्देश्यले तालिम दिइएको संस्थाका कार्यकारी निर्देशक शिवराज शर्माले जानकारी दिए ।
तालिममा कम्प्युटर सञ्चालनको आधारभूत सिद्वान्त र अपरेटिङ सिस्टम, अन्य सफ्टवेयरको प्रयोग, नेपाली टाइपिङ लगायतका विषयमा सहजीकरण गरेको प्रशिक्षक सागर वाग्लेले बताए । कार्यकारी निर्देशक शर्माले संस्थाले रुपाको कालिका, रुपाज्योति, चन्द्रप्रभा माध्यमिक विद्यालय, देउराली आधारभूत विद्यालयका ७७ शिक्षकलाई कम्प्युटर तालिम दिएको जनाए ।
रुपा गाउँपालिका वडा नम्बर १का वडा सदस्य रामबाबु खनालले शिक्षकको शिक्षण सिकाई प्रक्रियामा सूचना सञ्चार तथा प्रविधिको पर्याप्त प्रयोग गरी गुणस्तरीय र समय सापेक्ष शिक्षा दिन तालिमले सहयोग गरेको उल्लेख गरे । शिक्षक साना श्रेष्ठले हरेक विद्यालयको पाठ्यक्रममा कम्प्युटर विषय समावेश भएको अवस्थामा विद्यार्थीलाई कम्प्युटर सिकाउन र पढाउन तालिम उपयोगी भएको बताइन् ।
कार्यकारी निर्देशक शर्माले रुपा गाउँपालिका, जर्मन सहयोग संघ, काल कुबेल स्टिफ्टुंग, गोनेसा पोखराका साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत रुपाका जनता र कालिका माध्यमिक विद्यालय, अरुणोदय र देउराली आधारभूत विद्यालयका कम्प्युटर प्रयोगशाला स्थापना गरिएको बताए । बालबालिकाका लागि सिर्जनात्मक एवं गुणस्तरीय शिक्षाको अलावा सामुदायिक विद्यालयका विपन्न तथा गरिब विद्यार्थीका अभिभावकलाई आयआर्जनका कार्यक्रममा जोडिएको उनले उल्लेख गरे ।
सामुदायिक विकास कार्यक्रम रुपा गाउँपालिकाको १५ सामुदायिक विद्यालयमा सञ्चालित छ ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया