लोकतान्त्रिक तमु संघमा श्याम

पोखरा ।
नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनले वेदबहादुर गुरुङ (श्याम)को अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । पोखरामा बुधबार बेलुका सकिएको सम्मेलनले १ सय १ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।
समितिका ७ उपाध्यक्षमा बागमती प्रदेशबाट ओमकुमार गुरुङ, प्रदेश नं.१ र मधेस प्रदेशबाट चक्रबहादुर गुरुङ, गण्डकी प्रदेशबाट हुमबहादुर गुरुङ (स्याङ्जा), लुम्बिनी–कर्णाली–सुदुरपश्चिम प्रदेशबाट प्रेमबहादुर गुरुङ, गमबहादुर गुरुङ (प्रवास, बेल्जियम), महिला उपाध्यक्षमा मिना गुरुङ (कास्की) र सर्मिला गुरुङ (मुस्ताङ) निर्वाचित भएका छन् । महासचिवमा हुमबहादुर गुरुङ छन् ।
सचिवहरुमा सुरेन्द्र गुरुङ (कास्की), ओमबहादुर गुरुङ (स्याङ्जा), सूर्यप्रसाद गुरुङ (लमजुङं), सूर्यबहादुर गुरुङ (तनहुँ), खगेन्द्र मेघी गुरुङ (बाग्मती), सीताराम गुरुङ (प्रदेश नं. १ र मधेस प्रदेश) र सहसचिवमा शम्भु गुरुङ (बागमती), कोषाध्यक्षमा बैनबहादुर गुरुङ (कास्की), सहकोषाध्यक्षमा देवकुमारी गुरुङ (बागमती) चयन भएका छन् ।
लेखा आयोगको अध्यक्षमा कास्कीका विष्णुकुमार गुरुङ, अनुशासन आयोगको अध्यक्षमा बाराका भरतबहादुर घले गुरुङ सर्वसम्मत बनेका छन् । सदस्यमा प्रवासबाट विजयकुमार गुरुङ (पूर्वी एसिया, हङकङ), बिनय गुरुङ (पूर्वी एसिया, जापान, कृष्ण गुरुङ (अमेरिकी, पश्चिम अमेरिका), शिवजंङ गुरुङ (मध्य पूर्व, युएई),रामचन्द्र गुरुङ (युरोप, युके), मुक्त गुरुङ (युरोप, स्पेन) र निलम (अमेरिकी, पूर्वी अमेरिका छन् ।
नवनिर्वाचित समितिलाई नेकपा (एमाले)का स्थायी समिति सदस्य, नेपाल लोकतान्त्रिक तमु संघका संस्थापक अध्यक्ष एवं अध्यक्ष मण्डलका अध्यक्ष किरण गुरुङले पद तथा गोपनियताको सपथ गराए । आयोजक समितिका संयोजक वेदबहादुर गुरुङ(श्याम)को अध्यक्षतामा भएको बन्दसत्रमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तमुहरु राजनीतिको मुलधारमा जुट्नुपर्नेमा जोड दिएका थिए ।
राजनीति नै देश, जनता र समुदायको हितका लागि गरिने भएकाले तमुहरु राजनीति नेतृत्वमा आउनुपर्ने उनको भनाइ छ । दोस्रो राष्ट्रिय सम्मेलनको नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार उद्घाटन गरेका थिए ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया