बालश्रम न्यूनीकरणको सडक नाटक

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघ अन्तर्गतको बालश्रम न्यूनीकरण कार्यक्रमले सडक नाटक प्रदर्शन गरेको छ । बालबालिकामा सन्देश फैलाउने उद्देश्यले सडक नाटक प्रदर्शन गरेको हो । पोखराको छोरेपाटन, पार्दी, पृथ्वीचोकका श्रम तथा जोखिममा रहेका बालबालिकाहरुको सिकाई केन्द्रका विद्यार्थीहरुको संयुक्त सहभागीतामा नाटक प्रदर्शन गरिएको हो ।
बालबालिकाको संरक्षण, हक, हितको दृश्य चित्रण देखाउन खोजिएको र अभिभावकलाई आफ्ना बालबालिकाप्रति जिम्मेवार कसरी बन्ने भन्ने सन्देश समाजका हरेक नागरिकलाई दिन सडक नाटक गरिएको कार्यक्रमकी संयोजक प्रीति पाण्डेले बताइन् ।
नाटक कार्यक्रममा स्थानीय जनप्रतिनिधि, तारासेवा परिवार लगायतको उपस्थिति थियो ।
नाटक समापन कार्यक्रम पृथ्वीचोकमा आयोजना गरिएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले स्थानीय सरकार प्रमुखको नाताले यस संस्थालाई आफ्नो सहयोग रहने समेत वाचा गरे ।
कार्यक्रममा सहारा सिकाई केन्द्र पृथ्वीचोकका अध्यक्ष उत्तम जोशी, पार्दी माविका प्रअ वामदेव पौडेलले बोलेका थिए । कार्यक्रको अध्यक्षता सिकाई केन्द्रका अध्यक्ष जोशीले गरेका थिए भने सम्पुर्ण कार्यक्रको संयोजक संस्थाका परियोजना निरीक्षक विजय अधिकारीले गरेकी थिइन् । कार्यक्रम सञ्चालन सफल बरालले गरेका थिए ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया