‘सामाजिक संघ संस्था सहयोगी हात’

पोखरा ।
सिर्जना विकास केन्द्र पोखरा ८ सिमलचौरको ४५ औं वार्षिक साधारण सभा तथा २२ औं अधिवशन शुत्रबार भएको छ । ‘सिर्जनाको परिकल्पना, समुन्नत समाजको स्थापना’ भन्ने नाराका साथ भएको अधिवशनको पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङले अधिवेशनको उद्घाटन गरिन् ।
उपमेर गुरुङले सामाजिक संघ संस्था पोखरा महानगरको लागि सहयोगी हात भएको बताइन् । उनले संघ संस्थासँगको समन्वय र सहकार्यमा सामाजिक र मानवीय क्षेत्रको काम गर्ने जानकारी दिइन् । सिर्जना विकास केन्द्रले महिला, बालबालिका, विपन्न वर्गको आर्थिक उन्नतिको लागि उल्लेखनीय काम गरेको उनले उल्लेख गरिन् ।
पोखरा महानगरपालिका वडा नम्बर ८का कार्यवहाक अध्यक्ष पवित्रा केसीले सामाजिक क्षेत्रमा निश्वार्थ भावले काम गरेको संस्थासँगको सहकार्यमा विकास निर्माणका काम अगाडी बढाउने बताइन् । संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार सभापति सोमनाथ बरालले देउसी भैलो खेलेर जुटाएर काम गरेको केन्द्र अहिले अन्य संस्थालाई सहयोग गर्ने स्थानमा पुगेको जानकारी दिए ।
समारोहमा संस्थाका ज्येष्ठ सदस्य शिवप्रसाद चालिसे, मनोविमर्श अभियन्ता जुनु श्रेष्ठलाई दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो । कार्यक्रममा संस्थाका जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख लोकराज भण्डारी, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डे, पोखरा महानगरपालिका वडा नम्बर ८ का पूर्व अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, सिर्जना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेल,केन्द्रका प्रथम उपाध्यक्ष कृष्णबहादुर थापा, सचिव विश्व श्रेष्ठ,संस्थाका पूर्व अध्यक्ष तथा सिर्जना बालगृहका संयोजक विश्व बिजुक्छे, सिर्जना बाल गृहका सल्लाहकार परशुराम बराल, पूर्व अध्यक्ष तथा सल्लाहकार शिवप्रसाद चालिसे, जल्पा लघुवित्त वित्तिय संस्थाका अध्यक्ष तथा निर्वाचन समितिका संयोजक वीरबहादुर अधिकारी, लगायतले सामाजिक क्षेत्रको गतिविधिबारे प्रकाश पारेका थिए ।
सभाले महासचिव चन्द्र गिरीले प्रस्तुत गरेको वाार्षिक प्रगति प्रतिवेदन र कृष्णमान ठुसाजुले पेश गरेको आर्थिक प्रतिवेदन सुधार सहित पारित गरेको छ ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया