कास्की नेत्रहीन संघको सभा
पोखरा ।
कास्की नेत्रहीन संघको २५ औं वार्षिक साधारण सभा र समदृष्टि बचत तथा ऋण सहकारीको ११ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवशन शनिबार भएको छ । कार्यक्रममा जिसस कास्की प्रमुख लीलाधर पौडेलले कास्कीका अधिकांश विकास संरचना र भौतिक पूर्वाधार अपांगमत्री नभएको उल्लेख गरे । अपांगता भएकालाई हेर्ने दृष्टिकोणलाई परिवर्तन भएमात्रै सामाजिक रुपान्तरणको बिषय सार्थक हुने उनको भनाइ छ ।
कास्की नेत्रहीन संघ अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपांग महासंघका केन्द्रीय उपाध्यक्ष खोमराज शर्मा, राष्ट्रिय अपांग महासंघ केन्द्रीय सदस्य रमेश पोख्रेल, नेत्रहीन संघ गण्डकी अध्यक्ष लक्ष्मण सुवेदी, समदृष्टि सहकारीका पूर्व अध्यक्ष शोभा पौडेल, सहकारीका अध्यक्ष शिशिर खनाल, अपांगमैत्री समाज कास्की अध्यक्ष सन्तबहादुर परियार, नेत्रहीन महिला संघ कास्की अध्यक्ष कमला शर्मा, पोखरा महानगरपालिकाका सामाजिक विकास अधिकृत राधा विक लगायतले बोलेका थिए ।








पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया