लिम्बू लिपि प्रशिक्षण

पोखरा ।
पोखरामा बसोबास गर्दै आएका किराँत लिम्बूको मातृभाषा संरक्षण गर्ने उद्देश्यले शनिबार पोखरामा लिम्बू लिपि लेखन र मुन्धम प्रशिक्षण कार्यक्रम भएको छ । किराँत याक्थुङ चुम्लुङ पोखराको सहकार्यमा गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराले आयोजना गरेको कार्यक्रममा २७ प्रशिक्षार्थी सहभागी थिए । तालिम भदौ ४ गते सुरु भएको थियो । प्रशिक्षार्थीलाई किराँत भाषाका विज्ञ दिनेश लिम्बू र सञ्जय लिम्बूले प्रशिक्षण दिएका थिए ।
किराँत याक्थुङ चुम्लुङ पोखराका अध्यक्ष धनवहादुर लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका –सहप्रध्यापक कृष्णप्रसाद पौडेलले राज्यले दिएको अधिकार उपयोग गर्दै थप उपलब्धिका निम्त आफ्नो भाषा, साहित्य संरक्षण र अध्ययनमा ध्यान दिनु आवश्यक रहेको बताए ।
लेखक विपिन आचार्यले लिम्बू जातिको प्राचीन कालदेखिको भाषा, संस्कार, संस्कृति, रीतिरिवाज रक्षा गर्न पछिललो पुस्ता सचेत बन्नुपर्नेमा जोड दिए । प्रशिक्षक दिनेश लिम्बूले लिम्बू भाषा र पहिचान संरक्षणका निम्त अझै पनि संघर्ष गर्नुपर्ने बताए । बमबहादुर कार्कीले किराँत जातिको पहिचानको पक्षमा जोड दिए ।
कार्यक्रममा सञ्जीव सुब्बा, मंगल लिम्बू, बालकुमार खवास, गुणराज बास्तोला, अशोक राई, लक्ष्मीप्रसाद लिम्बू लगायतले बोलेका थिए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया