लक्ष्मी आदर्श टोलमा सप्त

लेखनाथ ।
पोखरा महागरपालिका वडा नं २७ को लक्ष्मी आदर्श टोल विकास संस्थाको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सप्तबहादुर जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बिमला पहारी पौडेल र जयरामराज भण्डारी, सचिवमा सीता बास्तोला पराजुली, सहसचिवमा बलराम लामिछाने र कोषाध्यक्षमा रक्षागणेश पौडेल छन् ।
सदस्यमा विद्यादेवी शर्मा, अम्बिका पोखरेल, रचित पौडेल, थानेश्वर भट्टराई र लक्ष्मी विक छन् । समितिको लेखा संयोजकमा सुमन जिसी तथा सदस्यमा सरोज भट्टराई र दीपक पौडेल चयन भए । कार्यक्रममा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले राष्ट्र विकास हुन पहिला टोल र समाजको विकास हुनुपर्ने कुरामा जोड दिए ।
पोखरा महानगरपालिका सामाजिक विकास शाखा प्रमुख रवीन्द्र अधिकारीले गरिबीको रेखामुनी रहेकाको जीवनस्तर सुधार गर्न सक्ने खालका योजना ल्याउन टोल विकास संस्थालाई आग्रह गरे । संस्थाकी कार्यवाहक अध्यक्ष बिमला पहारी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी आदर्श मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछाने, प्रधानाध्यापक रवीन्द्र भट्टराई, निवर्तमान अध्यक्ष राजु अधिकारी लगायतले बोलेका थिए ।








पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया