गगनगौंडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र

पोखरा ।
पोखरा ३० गगनगौडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सुरु गरिएको छ । राम मन्दिर समितिद्वारा संचालन गर्ने गरी स्थपना भएको केन्द्रमा ज्येष्ठ नागरिकको सम्मान, अनुभव आदानप्रदान गराउने उद्देश्य रहेको अध्यक्ष अर्जुनबहादुर बस्नेतले बताए ।
राष्ट्रिय परोपकार महासंघ केन्द्रीय अध्यक्ष कमलनयन गौतमले ज्येष्ठ नागरिकको सम्मान गर्न वृद्धाश्रम हटाएर दिवा सेवा केन्द्रमाफत् सेवा दिनुपर्ने बताए । पोखरा महानगर ज्येष्ठ नागरिक समिति संयोजक भूपेन्द्र गिरीले महानगर मातहातमा रहेको केन्द्रलाई व्यवस्थित नमुना बनाउनुपर्नेमा जोड दिए ।
रुपा गाउँपालिका उपाध्यक्ष मनसुबा गुरुङले राज्यले हरेक क्षेत्रमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको बताइन् । केन्द्रका अध्यक्ष अर्जुनबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदी, तत्कालीन लेखनाथ नगरपालिका प्रमुख विष्णुप्रसाद पौडेल, पूर्व वाडाध्यक्ष डिल्लीराम पौडेल, सराङकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णबहादुर थापा, ज्येष्ठ सदस्य तुल्सीप्रसाद लिगल, ज्येष्ठ नागरिक सेवा शिशुवाका अध्यक्ष वोधराज काफ्ले, उपाध्यक्ष रामकृष्ण अधिकारी, सचिव विश्वमोहन पौडेल लगायतले बोलेका थिए ।








नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया