बालश्रम न्यूनिकरणको १० महिने तालिम

समाधान संवाददाता २०७९ असोज ४ गते १५:२१

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनिकरण कार्यक्रमद्धारा संञ्चालित १० महिने तालिम भएको छ । तालिममा सहभागी २६० जना किशोरीलाई प्रमाणपत्र वितरण गरिएको छ ।

Advertisement

स्वागत मन्तव्य राख्दै बालश्रम न्यूनिकरणका संयोजक प्रीति पाण्डेले शिक्षाको पहुँबाट टाढा रहेका, जोखिमपूर्ण अवस्थामा रहेका किशोरीलाई आर्थिक रुपमा सवल बनाउने उद्देश्यले कार्यक्रम गरिएको बताइन् । पाण्डेले किशोरीलाई आफूसँग भएको सिप र आत्म बलको प्रयोग गरि आफ्नो खुट्टामा आफै उभिन सक्नेहुन आग्रह गरिन् ।

तालिममा व्यावहारिक ज्ञान, ट्राफिक नियम, नाप तौल, हस्पिटल सेवा, महत्वपुर्ण टेलिफोन नम्वर, घरेलु हिंसा, सरकारी कामकाज, यौन शोषण, स्वास्थ्य हेरचाह, जुट्टा चप्पल र सोैन्र्दयका सामान बनाउन सिकाएइको थियो । तालिमले किशोरीलाई आर्थिक रुपमा सबल बनाउन सहयोग पुर्याउने प्रशिक्षक अन्जु गुरुङले बताइन् ।

Advertisement

वडा नम्बर ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले बालश्रम न्यूनिकरण कार्यक्रमले जोखिमपूर्ण अवस्थामा रहेका किशोरीलाई जीवन उपयोगी सीप सिकाई जिविका पार्जन गर्ने सहयोग गरेकोमा संस्थाप्रति आफु खुशी भएको कुरा उल्लखे गर्दै स्थानीय सरकारको तर्फबाट सदा साथ र सयोग रहने कुरा बताए ।

कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिता पनि भएको थियो । विजयी मनु नेपाली, सहारा लामगादे, प्रतिक्षा घिमीरे, समीरा खातुन, बिनिता विक, सुनीता परियार र आशा परियारलाई पुरस्कार प्रदान गरिएको थियो ।

Advertisement

कार्यक्रममा वडा नम्वर १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँ, बालश्रम न्यूनिकरणका अध्यक्ष राजेन्द्र कुमार लालचन, उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापती, विष्णु पौडेलले संस्थाले राम्रो गरेको भन्दै आ आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया