पोखरा २९ को सरसफाइ अभियान
लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं. २९ ले सोमबारदेखि वडा सरसफाइ अभियान सञ्चालन गरेको छ । समृद्ध र नमुनासहितको सुखी वडा हाम्रो अभियान, स्वच्छ सफा हराभरा २९ नम्बर हाम्रो वडा भन्ने नाराका अभियान थालिएको हो ।
कार्यक्रमको पहिलो दिन सोमबार पृथ्वी राजमार्ग दायाँ बाँया तालचोकदेखि पावर हाउस क्षेत्रमा सरसफाइ गरिएको छ । त्यसपछिका दिनमा साप्ताहिक रुपमा निरन्तर कार्यक्रम सञ्चालन गरिने वडाध्यक्ष श्रीप्रसाद गुरुङले बताए ।
चाडपर्वको समयलाई समेत मध्यनजर गर्दै आयोजना गरिएको अभियानबाट पछिल्लो क्रममा महामारीको रुपमा फैलदैं गरेको डेंगु रोकथाममा समेत सहयोग पुग्ने र पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने पोखरा महानगरको लक्ष्यलाई समेत टेवा पुग्ने वडाध्यक्ष गुरुङले बताए ।
वडाभित्रका सबै सार्वजनिक स्थलको सरसफाइ गर्ने उद्देश्यका साथ सञ्चालन गरिने अभियानमा वडा भित्रका सबै टोल विकास संस्था, आमा समूह, युवा क्लब, विभिन्न संघ संस्था एवं राजनीतिक दललाई सहभागिताका लागि वडा कार्यालयले अनुरोध गरेको छ ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया