पोखरा हेम्जामा स्कुटर अनियन्त्रित हुँदा एकको मृत्यु, एक घाइते
समाधान संवाददाता
२०७९ असोज ५ गते १२:१०

पोखरा ।
पोखरा महानगरपालिका–२५ हेम्जामा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु एकजना घाइते भएको छन् । मंगलबार राति ८ बजे नौडाँडाबाट पोखरा आउँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर अनियन्त्रित भई डिभाइडरमा ठोकिँदा तनहुँको व्यास नगरपालिकाका ५० वर्षीय बलबहादुर राईको मृत्यु भएको हो ।
स्कुटरको पछाडि सवार राईकी १५ वर्षिया छोरी सोनी राई घाइते भएकी छिन् । दुर्घटनामा घाईते भएका दुवैलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा बलबहादुरको मृत्यु भएको हो । घाइते सोनीको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सम्बन्धित








पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया