सुन्दर गुरुङलाई पत्नी शोक
समाधान संवाददाता
२०७९ असोज ५ गते १३:२४

पोखरा ।
सामाजिक कार्यकर्ता सुन्दर गुरुङलाई पत्नीशोक परेको छ । उनकी श्रीमती विद्या गुरुङको नेपाल मेडीसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
विद्याका २ छोरा छन् । युनिसेफमा कार्यरत सुन्दर गुरुङ सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीका पूर्व अध्यक्ष हुन् । पोखरा २३ भदौरे तामागींका स्थायी बासिन्दा गुरुङको परिवार अहिले पोखराको नुवारथोक नजिकै बसोबास गर्छ ।
विद्याको शवको बुधबार दिउँसो रामघाट स्थित बौद्ध अघौं सदनमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया