एड्भोकेसी फोरमद्धारा कास्की प्रहरी कार्यालयलाई कानुनी पुस्तक हस्तान्तरण
समाधान संवाददाता
२०७९ असोज ९ गते ११:०९

पोखरा ।
एड्भोकेसी फोरम नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई कानुनी पुस्तक हस्तान्तरण गरेको छ । प्रहरी कार्यालय परिसरमा सञ्चालनमा रहेको लाइब्रेरी क्याफेका लागि एड्भोकेसी फोरमले पुस्तक हस्तान्तरण गरेको हो ।
फोरमकी प्रदेश संयोजक कुञ्जनी प्यासीका अनुसार ऐन संग्रह, नियम संग्रह र संविधान र संहिताका कानुनी पुस्तक प्रदान गरिएको हो । प्रहरी कार्यालयका प्रमुख अजय केसीलाई पुस्तक हस्तान्तरण गर्दै फोरम अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदीले पुस्तकले संविधान र संहिताको ज्ञान दिन मद्दत पुयाउने बताए । त्यस्तै प्रमुख केसीले निरन्तर समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जाहेर गरे ।
सम्बन्धित








नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया