विशाल नगर टोलमा नयाँ समिति

पोखरा ।
विशाल नगर टोल विकास संस्था पोखरा १४ को नवौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेसनले सर्वसम्मत नयाँ नेतृत्व चुनेको छ । अधिवेसनले २ वर्षे कार्यकालका लागि भोबिन्द्र गिरी(नरेश)को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्षमा बुद्धिसागर देवकोटा, सचिव नारायण चापागाईं, कोषाध्यक्ष विज्ञानराज गौतम र सहसचिवमा पुष्प दाहाल छन् ।
टोलका सदस्यमा खगेन्द्र अर्याल, हरि न्यौपाने, राजुु क्षेत्री, यसोदा रेग्मी, शर्मिला कोइराला र गौमाया गुरुङ निर्वाचित भएका छन् । कार्यक्रममा पोखरा १४ का अध्यक्ष बोधबहादुुर कार्कीले टोल विकास संस्थाले गर्ने हरेक विकासका गतिविधिमा वडाको पूर्ण सहयोग रहने प्रतिबद्धता गरे । उनले वडालाई समृद्ध र विकसित बनाउन टोल विकास संस्थाको महत्वपूर्ण जिम्मेवारी हुुने जनाए ।
शनिबार नै भएको विशाल नगर आमा समूहको छैटौ साधारण सभा तथा तेस्रो अधिवेशनले शान्ता देवकोटाको अध्यक्षतामा नयाँ समिति चुनेको छ । १३ सदस्यीय समितिमा उपाध्यक्ष प्रतिमा गिरी, सचिव यसोधा गौतम र कोषाध्यक्षमा यसोदा रेग्मी छन् । सदस्यमा राधिका ढुंगाना, संगिता गैह्रे दाहाल, रीता शर्मा, शारदा तिवारी, शर्मिला कोइराला, विष्णु शर्मा, संगिता श्रेष्ठ, बौमाया गुुरुङ र बिनम गुुरुङ छन् ।
टोलका अध्यक्ष तिलक तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मादी गाउँपालिका ९ का अध्यक्ष मनोज गुुरुङ, पोखरा १४ का वडा सदस्य कृष्णहरि काफ्ले लगायतले बोलेका थिए ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया