सम्पदामा शुभकामना आदानप्रदान

पोखरा ।
राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले शनिबार समसायिक विषयमा छलफलसहित शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा उपस्थितबीच दसैं, तिहार, छठ, नेपाल संवतको शुभकामना आदानप्रदान गरिएको छ ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक पराजुलीले देशको राजनीति कानुन, संविधानभन्दा लहडले चलिरहेको बताए । उनले भने, ‘नागरिकता ऐन राम्रो/नराम्रो के हो त्यो विश्लेषण गर्दै गरौंला । सार्वभौम संसदले पास गरेर पठाएको विधेयक संविधान विपरीत राष्ट्रपति रोक्न मिल्दै मिल्दैन ।’
समारोहमा नेपालीका चाडपर्वबारे संस्कृतिकर्मी अष्ठमान प्रधानांगले प्रकाश पारे । सम्पदाका अध्यक्ष सुनिल पाण्डेले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि सम्पदाको दोहन र जनताको अधिकार कुन्ठित हुने क्रम नरोकिनु दुखद् भएको बताए । चाडपर्वमा आपसी सहिष्णुता र आत्मीयता अभिवृद्धिसँगै जनसरोकारका विषयमा छलफल होस् भनी कार्यक्रम गरिएको उनको भनाइ छ ।
समारोहमा मानवअधिकार आयोग पोखराका अधिकृत टंक खनाल, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, संस्थाका पूर्व अध्यक्ष शशि तुलाचन, उपाध्यक्ष निर्मला कोइराला, महासचिव ठाकुरप्रसाद बराल लगायतले बोलेका थिए ।









इन्डियन आइडल विजेता प्रशान्त तामाङको हृदयघातबाट निधन
पृथ्वीनारायण शाहको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक : मुख्यमन्त्री पाण्डे
पृथ्वी जयन्तीमा गण्डकी प्रदेश प्रमुखको सन्देश : एकीकरणको इतिहास नबिर्सौं
महिला उद्यमी संघ कास्कीको अध्यक्षमा एलिना बराल सर्वसम्मत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया