टिम बिल्डिङ कार्यशाला

पोखरा ।
एसिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च –एसियन फोरम)को आयोजनामा दक्षिण कोरियामा रहेका हाना नानुम फाउन्डेसन र वी फ्रेन्डस संस्थाको सहयोगमा टिम बिल्डिङ कार्यशाला गोष्ठी पोखरामा भएको छ ।
कार्यक्रममा स्वदेश फिर्ता भई विभिन्न पेशा व्यवसायमा आवद्ध, कृषि विज्ञ, पर्यटन विज्ञ, नीति तथा कानुन विज्ञ, पत्रकार, स्थानीय जनप्रतिनिधि साथै बुद्धिजीवीको सहभागिता थियो ।
नेपालको समग्र सामाजिक एवं श्रम आप्रसनका क्रममा श्रमिकको हक तथा अधिकार कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयका साथमा स्वदेश फिर्ता आप्रवासी श्रमिकको आर्थिक सामाजिक तथा संवेगात्मक पुनःएकीकरणका लागि स्थानीय, प्रदेश तथा केन्द्रमा के कस्ता नीति तथा कार्यक्रम हुनुपर्छ भन्ने विषयमा कार्यक्रम केन्द्रित थियो ।
गोष्ठीबाट आगामी २ वर्षका लागि स्वास्थ्य र स्वच्छतासम्बन्धी कार्यक्रम, संस्थाका कार्यक्रम तथा गतिविधि तय गरिएको संस्थापक अध्यक्ष सिद्धिचन्द्र बरालले बताए । संस्थाका केन्द्रीय अध्यक्ष किष्मतमणि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा श्रम आप्रवासन विज्ञ नीलाम्बर बडालले सहजीकरण गरेका थिए ।









सूचना, प्रविधि र स्टार्टअप मेला हुने
एनप्याब्सनले हरिदेवीलाई सम्मान गर्ने
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
निष्प्रभको ‘याली’ आयो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया